sponsor

sponsor

Slider

Recent Tube

Business

Technology

Life & style

Games

Sports

Fashion

» » आफ्नै आमाको मुहार हँसाऊ - विजुला रायमाझी, अर्घाखाँची

आफ्नै आमाको मुहार हँसाऊ

                                                                           - ले.विजुला रायमाझी, अर्घाखाँची



        पखेटा लागेका सुनौला बचेराहरु
        फराकिलो चरिचरन खोज्न प्रदेश पुगेकाहरु
        जीन्दगीमा केही गर्नेे अठोट र उत्साह बोकेकाहरु ।

 स्वदेशमा अवसर नपाएर
पसिना र विवेक बेच्ने थलो नभएर
सात समुद्र पारी पुगेका युवाहरु ।

        परिश्रमी  र अनुशाशित मौरी बनेर
        अमृतसरी मह जम्मा गरेर
        आफ्नै मात्रृभूमि फर्कि आऊ ।

सिकेको सीप र प्राप्त अनुभवहरु
तिम्रो अनुपस्थितिले उजाड  हुन आँटेको े   
त्रिैम्रो आफ्नै गाँउघरमा उपयोग गर  ।

       च्याउरी परेको निन्याउरो अनुहार लिएर
       तिम्रै प्रतिक्षामा आसुँ बगाउँदै पर्खिएकी
       आमालाई सम्झी  आऊ ।

तिमीलाई जन्म दिने आमाको दुधको भारा तिर्ने गरी
 तिमीलाई बास दिने   मातृभूमिको  सेवा गर्ने  गरी
 सेवा भावको विशाल  छाती लिएर फर्की आऊ।
                      २०७१ मंशिर २९




«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply