अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश (८ मार्च) आजभोलि विश्वभरका श्रमिक महिलाहरुले विभिन्न कार्यक्रम आयोजना गरी हर्षोल्लासका साथ मनाउने गर्दछन् । नेपालमा पनि यो महत्वपूर्ण दिनलाई सरकारी,गैरसरकारी,महिला अधिकारकर्मी,दलका भातृ संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गरेर मनाउने गर्दछन् तर खोलो तर्ने लौरो बिसिर्ने भनेझै लोकतन्त्र आए पछि सरकारले आफ्नो कार्यतालिकामा यो दिवश समावेस गर्न सुरु गरेको छ ।े यो ऐतिहासिक दिनको महत्व बढेको भए पनि समाजको आधारभूत वर्ग समुदायमा पुर्याउन जति पहिले पहिले यसको सन्देश लिएर अभियान चल्थे त्यति अहिले जान सकेको छैन ।किन की पहिले यो दिनलाई अधिकारका माग र आवाज बुलन्द गर्ने दिनको रुपमा लिइन्थ्यो । ऐले अधिकार प्रयोग गर्ने दिनको रुपमा लिन थालिएको छ ।अझै वास्तविक मर्मस्थलमा पुग्न सकेको छैन । नेपाली शब्दकोशले महिला र नारी शब्दलाई पर्यायवाची मानेको छ । व्यबहारमा पनि दुबै शब्दले स्त्रीलिङ्गी मानव प्राणी जनाउछन् । झट्ट हेर्दा र सुन्दा उस्तैउस्तै लागे पनि अ.श्र.म.दि.को ऐतिहासिक पृष्ठभूमि नियालेर बुझ्दा थुप्रै संघर्षका जंघारहरु तर्दै, पहाडहरु सम्माउदै र काँडाहरु पन्छाउदै महिला मुक्ति आन्दोलन अहिलेको अवस्थामा आई पुगेको हो । शताब्दियौ लामो यस यात्राको क्रममा हाम्रा थुप्रै अग्रजहरुले अङ्गभङ्ग हुनु पर्या ेहोला,जेलनेलको यातना भोग्न र कतिपय अवस्थामा ज्यानै पनि गुमाउनु परेहोला । उहाँहरुले आफ्नो वर्गीय अधिकारका निम्ति आवाज उठाउन भूमिगत कार्यक्म गर्दैजनमत सिर्जना गरेर राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा समेत आवाज बुलन्द गर्नु भयो । यो वर्ष मनाइदै गरेको १०७ औं अन्तर्रष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा ती अग्रज अभियन्ताहरुको योगदानको उच्च मूल्याङकन गर्दै उहाँहरुलाई ससम्मान संझना गरिनु असल अभियान्ताको कर्तव्य भित्र पर्दछ । हामी आजभोलि अधिकारका धेरै कुरा गर्छाँै तर त्यो अधिकार कसरी प्राप्त गरियो।अधिकार प्रयोग गर्दा कतवर््यको पाटो पनि साथै हुन्छ भन्ने कुरा चाँही भुसुक्कै भुलेका हुन्छौँ ।त्यसैले अ.श्रमिक .महिला .दिवश .कि नारी दिवश भन्ने विषयमा अलमल रहेको देखिन्छ । यो दिवश अन्तरराष्ट्रिय भएकोले संसारभरि मनाइन्छ । नेपालमा पनि वामपन्थीहरुले अ.श्र.म.दि.र दक्षिणपन्थीपक्षधर र सरकारी तहमा नारी दिवश मात्र भन्ने लेख्ने गरेको देखिन्छ । नेपाल सरकारले पञ्चायती कालमै संयुक्त राष्ट्रसंघमा अ.श्रमिक .महिला .दिवश.मै हस्ताक्षर गरेर आएको भएता पनि कर्मचारीहरु यसको नाम उच्चारण गर्न अफ्ठ्यारो मान्दछन् । श्रमिकको गन्ध आउछ भनेर हो कि जस्तो लाग्छ ।
अ.श्र म.दि.को सन्दर्भ विश्व समाजवादी आन्दोलनसँग गासिएको छ । समाजवादी आन्दोलनका प्रतिपादकहरुले महिलाहरुलाई उत्पीडित वर्ग समुदायमा राखेका छन् । आदिम साम्यवादी युग पनि भनिने मात्रृसत्तात्मक युग पछिको दास युगदेखि पूँजिवादी युगसम्म महिलामाथि शोषण र दमन हुदै आएको सामज विकासको इतिहासले पुष्टि गरेको छ । कार्लमाक्र्सले महिलाहरुलाई उत्पीडित वर्ग भित्र पनि विशिष्ठ समुदाय बताउनु भएको छ । उहाँले पहिलो अन्तरराष्ट्रिय सम्मेलनमा यस्तो प्रस्ताव राख्नु भएको थियो ” जुन कारखाना,कम्पनि,कार्यालय र बस्तीहरुमा ठूलो संख्यामा महिलाहरु कार्यरत छन्,त्यस्ता ठाउँहरुमा महिलाहरु मात्र रहेको सांगठनिक संरचना बनाई उनीहरुलाई संगठित गरिनु पर्दछ । साथै संगठनको मुल संरचनामा पनि उनीहरुका लागि उचित स्थानको सुनिश्चितता गरिनु पर्दछ । “ पहिलो कुरा महिलाहरु जैविक रुपमा पुरुष भन्दा भिन्न भएकोले उनीहरुका विशिष्ठ खालका समस्या र आवश्यकताहरुलाई आत्मसात गरिएको छ । अर्को कुरा महिलाहरुले आफ्ना समस्याहरु अलग संरचनाको बैठकमा छलफल गरेर समाधानका उपायहरु म्ुाल संस्थामा प्रस्तुत गर्न सकून् । तेस्रो कुरा महिलाहरु बीच नेतृत्व क्षमता र सीप विकासको लागि आपसमा स्वस्थ्य प्रतिस्प्रधा पनि हुन सकोस् । करिब डेढ सय वर्ष अघि प्रस्तुत गरिएका यी विचारहरुको सान्दर्भिकता अहिले पनि यथावत रहेको छ ।
विश्व इतिहासमा ८ मार्चको दिन महिला मुक्तिको निम्ति ठूला आन्दोलनहरु भएको पाइन्छ । महिला मुक्ति याने महिला सशक्तिकरण समाजवादी आन्दोलनसँगै अघि बढेको देखिन्छ । माक्र्सवादको उदयसँगै वर्गीय मुक्तिको एउटा महत्वपूर्ण आयामको रुपमा श्रमिक महिला आन्दोलन सुरु भएको थियो । सन् १८५७ मार्च ८ का दिन अमेरिकामा महिलाहरुले कामको समय कम गराउन माग गर्दै आन्दोलन गरेका थिए । माक्र्स ऐंगेल्सको पहलमा प्रथम अन्तरराष्ट्रिय स्थापना भए पछि श्रमिक महिला आन्दोलनले थप गति प्राप्त गरेको थियो । जर्मन समाजवादी नेतृ क्लारा जेटकिनले यूरोपका श्रमिक महिलाहरु बीच संगठन निर्माण अभियान संचालन गरिन् । सन् १८८३ मा अगस्त बेबेलले महिला र समाजवाद नामक पुस्तक मार्फत महिला मुक्ति सम्बन्धी आफ्ना विचारहरु सार्वजनिक गरेका थिए । अर्को वर्ष कार्ल माक्र्सका अनन्य सहयोद्वा फे्रडिक एेंगेल्सले परिवार,निजी सम्पत्ति र राज्यको उत्पत्ति शीर्षक पुस्तकमा शताक्दियौदेखि महिलाहरु शोषण,दमन र उत्पीडनमा पर्नुका कारणहरु खोतल्दै वर्गीय मुक्ति र महिला मुक्ति अन्तरसम्बन्धित रहेको प्रमाणित गर्नु भयो ।
मार्च ८, सन् १८९७ का दिन उचित पारिश्रमिक र ८ घटा कार्य दिनको माग गर्दै न्युर्योक शहरका श्रमिक महिलाहरु आन्दोलनमा उत्रिए । महिलाहरुको न्यायपूर्ण आन्दोला यूरोपतिर पनि फैलियो । मार्च ८, १९०७ मा जर्मनीको स्टुगार्टमा सम्पन्न समाजवादी महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलनले महिला आन्दोलनमा उर्जा थप्ने काम गर्यो । महिला मताधिकारको विषय समेत थपेर आन्दोलनको दायरा फराकिलो पारियो । ८ मार्च १९०८ मा न्युयोर्कका महिलाहरुले ऐतिहासिक जुलुश प्रदर्शन गरे । अर्को वर्ष शिकागो शहरका महिला मजदुरहरुले व्यापक हडताल र विशाल जन प्रदर्शनकोे आयोजना गरे । सन् १९१० मा डेनमार्कको राजधानी शहर कोपेनहेगनमा आयोजित समाजवादी महिलाहरुको दोश्र्रो सम्मेलनमा क्लारा जेट्किनले श्रमिक महिलाहरुको अन्तरराष्ट्रिय दिवश मनाउनु पर्ने प्रस्ताव राख्नु भयो र्। सो प्रस्ताव आम सहमतीमा पारित भएकोले सन् १९११ देखि अन्तरराष्ट्रिय श्रमिक महिला दिवश मनाउने परम्परा सुरु भएको हो । यो महत्वपूर्ण अभियानमा माक्र्स,ऐंगेल्स र अन्य समाजवादी चिन्तकहरुले सैद्वान्तिक प्रेरणा र प्रोत्शाहन प्रदान गरेको इतिहास पाइन्छ । दोश्रो विश्व युद्वको समयमा साम्राज्यवादी युद्वको विरुद्व र शान्ति,समाजवाद र न्यायको निम्ति यूरोप अमेरिकाका श्रमिक महिलाहरुले बलिदानीपूर्ण आन्दोलन गरेका थिए । महान लेनिले महिलाहरुको व्यापक सहभागिता बिना समाजवादको स्थापना असंभव हुन्छ भनेका थिए । समाजवादी ध्येयको निम्ति लड्ने अरु महिलाहरु नभएर श्रमिक महिलाहरु नै थिए । यसरी सर्वहारा क्रान्ति र महिला मुक्ति बीच अन्योन्याश्रित सम्बन्ध रहेको प्रमाणित हुन्छ ।
महिलाहरुको अवस्थाका बारेमा माओत्सेतुङको निष्कर्श यस्तो रहेको छ,“ श्रमजीवी जनता राजनीतिक,आर्थिक र समाजिक गरी तीनवटा पहाडबाट थिचिएका छन् भने महिलाहरु थप पुरुषबाट हुने शोषण सहित चार (पितृसत्तात्मक सहित )पहाडले थिचिएका छन् । यीनै पहाडहरु पन्छाउन महिलाहरु जुर्मुराएर आन्दोलित भएको इतिहासको लामो कालखण्डमा मार्च ८ को गौरवपूणर््ा दिन विकसित हुन पुगेको हो ।
विश्व भरका महिलाहरुले यो दिनलाई आफ्नो मुक्ति दिवशको रुपमा मनाउन थालेको करिव सात दशक पश्चात संयुक्त राष्ट्रसंघले सन् १९७५ लाई अन्तरराष्ट्रिय महिला वर्षको रुपमा मनाउने घोषणा गर्यो । त्यतिबेलादेखि संसारका सबै मुलुकहरुमा सरकारी स्तरमा समेत मार्च ८ मनाउन सुरु गरिएको हो । नेपालमा पनि यो दिवश अ.रा. श्र. म.दि.को नामले विभिन्न कालखण्डमा राजनीतिक अधिकार , महिला अधिकार ,श्रमजीविका अधिकारका लागि आवाज बुलन्द गर्ने दिन को रुपमा पञ्चायति कालदेखि नै मनाउँदै आएका छन्
तर पनि बुर्जवा शिक्षा तथा पितृसत्तात्मक संस्कार र सामाजिक वातावरणमा हुक्र्केको वर्गले यो दिवशको पुरा नाम उच्चारण गर्न गाह्रो मानेको देखिन्छ । श्रमिक भनेको अरुको काम गर्ने वा कडा परिश्रम गर्ने, पसिना बगाउने ,फोहोरा लुगा लगाउने रुखो खस्रो खाने भन्ने अर्थाएर होला धेरै पढेलेखेका हुनेखाने कुर्सीमा बस्ने मानिसहरु श्रमिक भन्दा नाक खुम्चाएको पाइन्छ । आइएलओको परिभाषा अनुसार श्रमजीवि भनेको त्यो व्यक्ति हो जसले शारीरिक या मानसिक श्रम बेचेर जीवन निर्वाह गर्दछ । शिक्षक,कर्मचारी,डाक्टर,इञ्जिनियर,कानून व्यबसायी, पत्रकारहरु जसले दिमाग खियाएर समाज सेवा तथा व्यक्तिगत जीवन निर्वाह गर्दछन् ,ती सबै मानसिक श्रमिकमा पर्दछन् । कृषि,उद्योग कलकार्खाना,निर्माण,यातायात , घरेलु श्रमिकहरु र अन्य सेवामुलक संस्थामा काम गर्नेहरु शारीरिक श्रमिक अन्तर्गत पर्दछन् । अन्तराष्ट्रिय श्रमिक महिला दिवश भन्नाले सम्पूर्ण श्रमजीविमहिलाहरुको दिवश भन्ने बुझिन्छ । यो दिवशसँग धेरै लामो ऐतिहाँसिक सन्दर्भ गाँसिएकोले महिला मुक्ति आन्दोलन र अन्तराष्ट्रिय श्रमिक आन्दोलन को इतिहास अध्ययन नगर्ने ,आन्दोलनका सम्बाहकहरुको सम्पर्कमा आउन नचाहने महिला पुरुष सबैलाई नारी दिवश भन्नु र अ.रा.म.दिवश भन्नु एउटै लाग्छ । सबैलाई एउटै डालोमा राख्नु न्यायपूर्ण पनि हुदैन र्।
पितृसत्ता या पुरुषवादी सोंचमा सबै पुरुषहरु पर्दैनन् । महिलाहरुप्रति सामन्ती या पूजिवादी दृष्टिकोण र व्यबहार यथावत् राख्न चाहने प्रतिकृयावादी पुरुषहरु मात्र पर्दछन् । विश्वमा महिला मुक्ति आन्दोलनको पथप्रदर्शन गर्ने र महिला मुक्ति आन्दोनलाई सघाउ पुरयाउने पुरुषहरुको विशाल जमात रहेको छ । पुरुषको उन्नतिमा पनि पर्दा पछाडिबाट महिलाहरुको ठुलो हात रहेको हुन्छ । त्यसै गरी महिला मुक्ति आन्दोलन पुरुषको सहयोगी भूमिका बिना संभव नहुने स्पस्ट छ । बरु कतिपय महिलाहरुले कुरो नबुझेर सबै पुरुषहरुलाई दोष दिने गरेको देखिन्छ । बढी स्वतन्त्र हुन खोज्दा परिवारिक मर्यादा र शान्ति खलबलिएको र कतिपय पुरुषहरु पत्नी पीडित हुन थालेको पनि देखिएको छ । पूजि लगानी गरेको नाउँमा श्रमिकको श्रम शोषण गरेर मोज गर्ने, काम आफूले गर्दा सानो भएको ठान्ने, मनोरञ्जनको निम्ति अथाह धन खर्चने ,समय बिताउन र सम्पन्नताको सो गर्न दिवश मनाउने वर्गले नारी दिवश भन्दै पञ्चायत कालमा पनि मनाउने गर्दथे र्। महिलाहरु पुरुषबाट पीडित रहेको सत्य भए पनि सबै महिलाहरुमा उत्पीडित वर्गीय चेतनाको विकास समान रुपमा हुन सकेको हुदैन । महिला मुक्ति आन्दोलनका सम्बाहकहरुको काम गाउँ देहात र कुना कन्धरामा रहेका शोेसित पीडित श्रमिक र दिदी बहिनीहरुलाई सही मार्ग देखाउनु हो । आन्दोलनको पृष्ठभूमि ज्ञान गराउँदे वर्गीय मुक्तिका लागि आधार तयार गर्दै जाने हो । रमाइलोको निम्ति शरीरमा अत्तर छर्कीएर कार्यक्रममा सहभागी हुन जानेहरुको पनि आफ्नै महत्व त हुन्छ नै । जुन उदेश्यले भएपनि सहभागी हुदै जाँदा विस्तारै परिवर्तन ल्याउन सकिन्छ । इतिहासले सिकाएको पाठ पनि यही हो । आवश्यकता यो दिवशको सन्देशलाई साच्चै नै पसिना बगाएर ज्यान पाल्नेहरुको माझमा पुर्याएर अ.श्रमिक .महिला .दिवशको सार्थकता सिद्व गर्नु पर्ने हो तर समाजमा पछि परेका वास्तविक श्रमिक वर्गमा यो दिनको महत्व बोध गराउन सकिएको छैन । श्रमिकको भर्याङ्ग चडेर सत्तामा पुगेपछि श्रमिक शब्दबाट तर्सिने गरेको पाइयो । त्यसैले खोलो तरिसकेपछि लौरो फाल्ने प्रवृतिलाई कम गरौँ ।
२०७३ फागुन २२







No comments: