sponsor

sponsor

Slider

Recent Tube

Business

Technology

Life & style

Games

Sports

Fashion

» »Unlabelled » महिला नेतृत्व विकासको आवश्यकता,अवसर र चुनौतीहरु : विजुला रायमाझी

नेपालमा लामो समयसम्म पितृसत्तात्मक सामन्ती शासकहरुको हालीमुहाली चल्यो,राज्यसत्ता उनीहरुकै हितमा चल्ने र समाजमा उनकै समर्थक,प्रशंसक र पूजकहरुको आदर्शमा महिला, दलित,विपन्न र निमुखा जनताले आफ्नो अधिकारको निम्ति बोल्न नपाउने अवस्था थियो । महिलाहरुलाई पुरुषकै इसारामा चल्नु पर्ने प्राणी अथवा दोश्रो दर्जाको प्राणीको रुपमा व्यबहार गरियो । जहाँ दमन त्यहाँ विद्रोह भने जस्तै नेपाली जनताले आप्mनो सार्वभौमसत्ताको खोजी गर्दै जाँदा २००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलन,२०४६ को पञ्चायत विरोधी आन्दोलन र २०६२। ०६३   को लोकतन्त्र प्राप्तिका आन्दोलनहरु भए ।  लामो समयसम्मको अथक सँघर्षपछि नेपाली जनताले संविधान सभाबाट जननिर्मित संविधान पाएका  छन् ।    

२०७२ को संविधानमा समाजमा पछि पारिएका महिला,दलित,जनजाति,अल्पसंख्यक सिमान्तकृत समुदायका हकअधिकारहरु किटान गरिएकाछन् । राज्यका हरेक निकायमा समावेशी समानुपातिक सहभागिताको ग्यारेण्टी गर्न संविधानका धाराहरुमा विशेष व्यवस्था गरिएको छ । लामो समयसम्म नेपाल श्रमजीवि जनताको श्रम शोषण गरेर खान पल्केका सामन्ती शोषकहरुको हातमा परेकोले प्राकृतिक सौन्दर्यको धनी ,विश्वको उच्च शिखर सगरमाथाको देश,भौगोलिक तथा जैविक विविधतायुक्त अथाह जलश्रोतको धनी देश भएर पनि सधै विदेश आश्रित  बनाएर राखे । त्यसकारण लामो समयसम्म नेपाली जनताले अधिकारको लडाई लडनु पर्यो । आफनो संविधान आफै निर्माण गर्न पाउने अधिकारको निम्ति दीर्घ कालिन संघर्ष गर्नु परयो ।  



२०६२।०६३ को शान्तिपूर्ण जनक्रान्ति पछि अब जनताको अधिकारको लडाई अर्थात अधिकारको आन्दोलन एक हदसम्म सफल भएको मानिएको छ । जनताका प्रतिनिधिहरु राष्ट्रप्रमुख,सरकार प्रमुख ,न्याय प्रमुख हुन पाउने अवसर पाएका छन् तर त्यो हैसियत निमार्ण एकैचोटी हुदैन तल्लो तहदेखि आधार खडा हुनु जरुरी पर्दछ । हरेक व्यक्तिले आफूले पाएको हरेक साना ठूला जिम्मेवारी आफ्नो कर्तब्य ठानी कार्यकुशलतासाथ बहन गर्दै जाँदा सामाजिक विश्वास  बड्दै जान्छ र थप जिम्मेवारीहरु थपिँदै उन्नत शिखरमा पुग्न सोपान तयार हुन्छ । जसको ज्वलन्त उदाहरण संसारमा अघि बढेका महिला र हाम्रौ देशका राष्ट्रपति ,सभामुख र प्रधान न्यायधिश  हुनुभएको छ ।उहाँहरुले   कुनै दया मायाले पाएको जिम्मेवारी होइन । कर्तव्य र अधिकार  एक सिक्काका दुई पाटा हुन् त्यसैले अब नेपाललाई नेपाली भूमिमा भएको श्रोतसाधन,जल जमिन र जंगलको भरपुर उपयोग गरेर संरक्षण गर्दै दक्ष जनशक्तिको सहयोगले दीगो विकास र समृद्वितर्फ डोरयाउने बेला आएको छ । दीगो विकास र समृद्विको निम्ति जनताहरुले शान्ति र सुरक्षाको अनुभूति गर्न पाउनु पर्दछ ।





हरेक व्यक्तिले शान्ति र सुरक्षा महसुस गर्न घर परिवार,समाज र राष्ट्रमा विभेदको अन्त्य भएको हुनु पर्दछ । जुन परिवार,समाज र राष्ट्रमा समानता एकताको आधार बन्छ  त्यहाँ संघर्षको जरुरी पर्दैन ।भनिन्छ , समानता नै एकताको आधार हो । एकताको आधार खडा गर्न अवश्य पनि समाजमा पछि पारिएका वर्गको विकास हुनु पर्दछ । त्यसैले संविधानमा व्यवस्था भएका विशेष अधिकारहरुको उपभोग गर्दै थप उपलब्धिको निम्ति अग्रसर रहन,आम जनसमुदायलाई आफ्ना अधिकार र कर्तव्यको बोध गराउदै सिङगो समाजलाई अग्रगतिमा लैजान महिला नेतृत्व विकासको जरुरी छ । आधा भन्दा बढी संख्यामा रहेको वर्गलाई सामाजिक,आर्थिक,राजनीतिक,शैक्षिक र प्रशासनिक क्षेत्रमा पुरुष सरह समविकास गर्न,परिवार,समाज र राष्ट्रमा महिलाहरुको प्रतिष्ठा र पहुँच बढाउन, राष्ट्रको साधनश्रोतको उपयोग,वितरण र संरक्षण कार्यमा प्रत्यक्ष सहभागिता जनाउन अथवा नीति निर्माण तहमा आफ्नो पहुँच पुर्याउन ,प्राप्त उपलब्धीको संरक्षण र उपयोग गर्दै थप उपलब्धीको लागि आधार खडा गर्न, भ्रष्टाचार अन्त्य गरी सभ्य,सम्रद्व,अनुशासित र समतामुलक समाज निर्माण गर्न महिला नेतृत्व विकास अपरिहार्य ठानिएको  छ ।   

आधा आकाश र आधा धर्ती मानिने महिलाको संख्या नेपालमा पुरुषको भन्दा बढी रहेको छ । एक रथका दुई पाङग्रा मानिने महिला पुरुष मध्ये एउटा कमजोर असक्षम हँुदा स्वभावैले रथको गति रोकिन पुग्छ । त्यसैले समाजलाई अग्र गतिमा लैजान महिलामा पनि नेतृत्व क्षमता ,कार्यकुशलता र आत्मविश्वासको आश्यकता पर्दछ । गर,हेर र सिक भन्ने सूत्र प्रयोग गरी हरेक काममा सकृयतासाथ अग्रसर हुदै जाने,अध्ययनलाई निरन्तरता दिने बानीले हरेक व्यक्तिलाई श्रेष्ठता हासिल गर्न सहयोग नै पुग्दछ ।

 समयको मागसँगै महिलाहरुको जिम्मेवारी  पनि बदलिएको छ । कामको नयाँ क्षितिज उघ्रिएको छ । उहिले उनीहरुको्र संसार घरपरिवार र नातागोताको संजाल भित्र मात्र हुन्थ्यौ भने युगको परिवर्तन संगै क्षेत्र फराकिलो हुदै गएको छ र जिम्मेवारी पनि थपिएको छ । पुरुष धन आर्जन गर्ने महिला घर समाल्ने भन्ने ठाउँमा महिला पनि जागिर,व्यवशाय गरेर धन आर्जनमा लाग्न थालेकाछन् । परिवारमा पुरुष मात्र ब्रेड विनर मानिने जमाना पुरानो भैसकेको छ ।   हरेक कुरामा महिलाहरु आत्मनिर्भर हुन थालेकोले सामाजिक काममा सामवेशी सहभागिताको प्रश्न उठेको छ । लामो समयको संघर्षले प्राप्त गरेको संविधान २०७२ को कार्यान्वयनसम्म केही महत्वपूर्ण अवसरहरु पनि प्राप्त भएकाछन् । त्यसैले अधिकारसंगै कर्तव्य पनि बढेको छ । परिवार छोराछोरीको भविश्यसंगै समाज र राष्ट्रको प्रगती र विकासको निम्ति पनि सोंच्ने बेला भएको छ । विगतमा जनजीविका,लोकतन्त्र र राष्ट्रियताको संरक्षणमा पनि महिला आन्दोलन निर्णायक भएका उदाहरणहरु छन् । सामाजिक रुपान्तरणमा महिलाहरुको सकृय सहभागिताको महत्वबोध गर्दै लेनिनले महिला सहभागिता बिना समाजवाद निर्माण संभव नभएको बताउनु भएको थियो ।

२०७४ साल वैसाख ३१ गते हुन गैरहेको स्थानिय निर्वाचन नेपाली महिलाहरुको निम्ति एउटा अवसर पनि हो । आन्दोलनको क्रममा देखिएको अग्रसरता र सकृयतालाई जनप्रतिनिधिको गहन जिम्मेवारी बहन गरेर महिलाहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने उपयुक्त अवसरलाई गुमाउनु हुँदैन   । समानुपातिक सहभागिता र सकारात्मक विभेदको सिद्वान्त संविधानमा आत्मसात गरि सकिएकोले स्थानीय तहमा कम्तिमा ४० प्रतिशत हुदै प्रादेशिक र केन्द्रिय  स्तरसम्म महिलाको प्रतिनिधित्व  अनिवार्य गरिएको छ । यो निर्वाचन महिलाहरुको निम्ति गुमाउन नहुने अवसर भऐकोले प्रतिनिधि चुन्दा र चुनिदा विशेष ध्यान दिनु पर्ने हुन्छ ।  

महिलाहरुलाई सामाजिक क्षेत्रमा अघि बढन सबभन्दा ठूलो बाधा आर्थिक अभाव नै रहेको देखिन्छ । पुरुषले जस्तै आँटेर महिलाहरु जोखिम मोल्न अझै पनि हिच्किचाउछन ।   सुवर्ण अवसर भएकोमा शंका गर्ने ठाँउ त छैन तर उनीहरुमाथि  चुनौती पनि थपिएको छ ।     

अझै पनि महिलाहरुको  हातमा आर्थिक अधिकार आइनसकेको र अधिकांश महिलाहरु आपूmखूसी   खर्च गर्न सक्ने स्थिति बनिसकेको छैन । आर्केातर्फ महिलाहरु गहनाकपडामा खर्च गर्न जसरी तयार हुन्छन् अरु कुरामा त्यसरी मन फुकाउन अभ्यस्त भैसकेका छैनन् । पुरुषको आँखो श्रीमती गहनाकपडामा  चिटिक्क सजिएको देख्न चाहान्छ ।  परापूर्व कालदेखि नै चलिआएको भनी श्रीमती पनि यसमा सन्तोश रहन अभ्यस्त भएका हुन्छन् ।  

हरेक काममा श्रीमानको अनुमती आवश्यक ठान्ने महिला मनस्थिति हटिसकेको छैन । श्रीमानले लगाएको रिण श्रीमतीले जसरी सहज तरिकाले भुक्तानी गरिदिन्छन् श्रीमतीले लगाएको रिण त्यसरी भुक्तान गर्न समाज मनोविज्ञानले मान्दैन ।

पारिवारिक दायित्व पूरा गरेर मात्र महिलाहरुलाई सामाजिक क्षेत्रमा पाइला टेक्नु पर्ने हुन्छ । पत्नी,आमा र बुहारीको भूमिकामा अरुलाई प्रतिस्थापन गर्न नमिल्ने भएकोले पनि महिलाहरुको निम्ति सामाजिक दायित्व बहन गर्ने भनेको आफ्नो ड्युटी सकेर ओभरटाइम गरे जस्तो हो । कतिपय श्रीमान महोदयहरुले श्रीमतीले सामजिक प्रतिष्ठा आर्जन गर्दा आफू हेपिएको अनुभव गर्ने अवस्था पनि यदाकदा देखिन्छ । यस्ता लोग्नेहरु पनि छन् जसले श्रीमतीलाई असल गृहिणीको भूमिकामा मात्र देख्न चाहान्छन् । सामाजिक क्षेत्रमा कृयाशील श्रीमतीबाट भन्दा विशुद्व गृहिणीबाट लोग्नेका भरपुर सेवा हुन सक्दछ । यहाँनेर श्रीमान् र श्रीमती बीच अन्तरविरोधपूर्ण सम्बन्ध विकसित हुन सक्ने हुँदा महिलाहरुले चाहेर वा क्षमता भएर पनि सामाजिक काममा पछि पर्नु परेकोछ । यस्तो स्थितिको कुशलतापूर्वक व्यवस्थापन गरेर अघि बढ्नु  पनि  चुनौतीको सामना गर्नु  हो । आर्थिक ,सामाजिक अवरोधको साथै   राजनीतिमा नातावाद कृपावादको हालिमुहाली हुदै जानु ,महिलाका दोहोरो तेहोरो जिम्मेवारीले कार्यबोझ हँुदा उनीहरुको स्वास्थ्य बिग्रनु  आदि नितान्त महिलाले सामना गर्नुृपर्ने चुनौतीहरु हुन ।

लामो समय अनिर्णयको बन्दी भएको नेपाललाई निकट भविश्यमा तीनै तहको निर्वाचन मार्फत् जनप्रतिनिधिहरुद्वारा राज्य संचालन गरी देशमा दीगो शान्ति स्थापना गर्दै समृद्व र समतामुलक नेपाल निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्यमा महिलाहरु पनि जिम्मेवार भएर लाग्नु पर्ने उपयुक्त समय आएको छ । समय आउछ पर्खिदैन त्यसैले समयको गतिसगै आफूलाई बदल्दै समाज बदल्ने अभियानमा अग्रसर हुनु हरेक सचेत नागरिकको अहम् कर्तव्य हो । तसर्थ अरुले गरेको प्रगतिप्रति इष्र्या होइन आफूलाई बदलेर अगाडि बढ्न सक्नु पर्दछ । समाज बदल्ने चाहना राख्नेहरुले सुरुमा आफैलाई बदलेर देखाउनु पर्दछ । आफैलाई बदल्न नसक्नेहरु परिवर्तनका बाहक बन्न पनि कदापि सक्दैनन् ।  







«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply