चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग अन्तर्गत दक्षिण एशिया ब्यूरोले दक्षिण एशियामा समाजवाद र कम्युनिष्ट आन्दोलनको वर्तमान स्थिति र भविश्य विषयक बेजिङमा आयोजना गरेको सेमिनारमा सहभागी हुन हाम्रो पार्टी नेकपा एमालेलाई पठाएको निमन्त्रणामा पार्टीले मलाई समेत समावेश गरेको सूचना पाउँदा मनमा विभिन्न कौतुहलता र जिज्ञाशाहरु उत्पन्न भए । कम्युनिष्ट पार्टीको शासन रहेको मित्र राष्ट चिनको अर्थ राजनीतिक अवस्था,संस्कार संस्कृति र जीवन स्तर,शिक्षा स्वास्थ्य स्थिति बारेमा प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर जुट्दै गरेकोमा मलाई अत्यन्तै खुसी लाग्नु स्वभाविकै थियो । मनमा यस्तै जिज्ञाशाहरु बोकेर भिसा लगाउने,विदेशी मुन्द्रा सटही गर्ने र पार्टी अध्यक्ष कंरेडसँग भेट गर्ने न्याना कपडाहरु किन्ने काम सम्पन्न गरेँ ।
भ्रमणको उद्वेश्य चिनियाँ कम्युनिष्ट पार्टीको नीति निर्माणमा थिङ्कटयाङ्कको रुपमा रहेका प्रवुद्व व्यक्तित्वहरुसँग आनदोलनका अनुभवहरु र भावी रणनीतिहरु बारे विचार आदानप्रदान गर्नु रहेको थियो । चिनियाँ विशेषता सहितको समाजवाद निर्माणमा जुटेका चिनियाँहरु आफूले प्राप्त गरेका उपलब्धि र अनुभवहरु अन्य मुलुकका कम्युनिष्टहरुलाई जानकारी गराउँन र अरुहरुबाट यस्तै जानकारी लिन चाहँदा रहेछन् । आर्थिक रुपले सम्पन्न र आधुनिक समाजवादी सिद्वान्तको वाहके मुलुकले त्यसो गर्नु स्वभाविक पनि हुन्छ । संसारकै पहिलो आर्थिक शक्ति बन्न भगिरथ प्रयासमा रहेका चिनियाँहरुले आफनो अभियानलाई चिनियाँ सपना भन्ने गर्दछन् ।
मङसिर ५ गते चिनियाँ समय अनुसार साँझ ५ बजेको उडानद्वारौ हामीहरु ५ जना त्रिभुवन विमानस्थलबाट पश्चिम चिनको यूनान स्थित कुनमिङ विमानस्थलतर्फ उड्यौँ । अर्को दिन अर्थात् ६ गतेदेखि सुरु हुने १० दिनको भ्रमणमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा सांसद वैजनाथ चौधरी र केन्द्रिय पार्टी स्कुल विभाग सदस्य बुद्वि बहादुर रायामाझी, नेकपा माओवादी केन्द्रबाट केन्द्रिय सदस्य तथा पूर्व सभासद ्सुरेश कुमार आले मगर र बेजिङमै रहेका चिनका लागि नेपालका पूर्व राजदूत महेश कुमार मास्के,नेकपा क्रान्तिकारीका रामसिंह बुढाथोकी श्रीस र सचिवालय सदस्य दिनेश सर्मा चौलागाँई हुनुहुन्थ्यौ। भारत,बङ्गलादेश र श्रीलंकाबाट क्रमश ६,४ र ४ गरी जम्मा १४ जना र हामी नेपाली ५ जना गरी १९जना साथीहरु कुनमिङ विमानस्थलमा जम्मा भयौँ । चिनियाँ कम्युनिष्ट पार्टीका दक्षिण एशिया ब्यूरो हेर्ने वाङ झेन र जिन यान नामका साथीहरुले सुनी होटलमा हामीहरुको लागि बासको व्यवसथा गर्नु भएको रहेछ । आजदेखि हामीहरु चिनिया कम्युनिष्ट पार्टीका पाहुना भयौ । हामीहरुको पूरै भ्रमण अवधिभर उहाँहरुले नै हाम्रो निम्ति पथप्रदर्शक र दोभाषेको काम गर्ने पार्टीले खटाएको रहेछ । े
्र६ गते विहान ५ः ३० वजे नास्ता खुवाएर उहाँहरुले क्विजो पा्रन्तको सुनी शहरर्तर्फ इस्टर्न चाइनाको जहाजबाट ेउडान गराउनु भयो । पार्टी स्कूलको क्याम्पस र नगर कमिटीको भव्य पार्टी स्कूल भवन तथा पुस्तकालय अवलोकन गरयौँ । उच्चारण भेदले गर्दा चिनियाँहरुले सुनी हामी नेपालीहरुले भने झुनी भन्न पनि मिल्ने यो शहरमा सन् १९३५ मा चिनियाँ कम्युनिष्ट पार्टीले प्रसिद्व सुनी सम्मेलन आयोजना गरेको थियो ,जसको एनिमेटेड भिडियो फिल्म अहिले पनि देखाउने गरिदोरहेछ । माओत्सेतुङले जोडदार भाषण गर्दै रहेको आकर्षक दृश्य देखिन्छ । चिनियाँ कम्युनिष्ट पार्टीको महा यात्रा लामो अभियान यहीबाट सुरु भएको थियो । आधुनिक चिनको क्रान्तिकारी इतिहासमा सुनीको अद्वितीय स्थान रहेको छ । क्रान्ति कालका धेरै दृश्यहरु र सामग्रीहरु यहाँ सुरक्षितसाथ सार्वजनिक प्रदर्शनीमा राखिएको रहेछ । चिनियाँहरुले खासगरी विदेशी कम्युनिष्ट पाहुनाहरुलाई गर्वसाथ यो स्थानको भ्रमण गराउँदा रहेछन् ।
त्यसै दिन झेनगान आर्थिक क्षेत्रको अवलोकनको क्रममा निजी उद्योगहरुको स्थिति बारे जानकारी लियांै । चिनले पूर्णरुपले समाजवादी मार्ग परित्याग गरेर पुँजीवादी व्यवस्था पुनस्र्थापना गरेको भन्ने चर्चाको यथार्थता बुभ्mने मौका मिल्यौ । चिनियाँ कम्युनिष्ट पार्टीले अपनाएको खुला अर्थनीति अन्तर्गत एक हदसम्म े निजी उद्योगधन्दालाई छुट दिइएको रहेछ । समाजवाद भनेको विपन्नता वितरण नभएर आर्थिक समृद्वि मार्फत जनतामा खुसियाली र सम्पन्नता ल्याएर उनीहरुले चिनियाँ विशेषता सहितको समाजवाद निर्माण गर्ने लक्ष्य प्राप्त गर्न खोजेका रहेछन् । उद्योगीहरु उत्सािहत रहेको र उनीहरुलाई कम्युनिष्ट पार्र्र्र्टीको सदस्य बन्न्ौ पर्ने बाद्यता रहेनछ ।
मजदुरहरुसँग पनि कुरा गरयौँ । उनीहरुलाई टेड युनियन अधिकार प्राप्त छ तर हडतालै गर्नु पर्ने अवस्था आउदो रहेनछ । उनीहरुलाई ८ घंटा काम,८ घंटा आराम र ८ घंटा मनोरन्जनको अधिकार प्राप्त रहेछ । उनीहरुका मागहरु कमिटीगतरुपमा छलफल भएर श्रम मन्त्रालयमा पेश हुने र सम्वोधन पनि गरिदा रहेछन् । उनीहरुले स्वच्छाले श्रमिक संघको सदस्यता लिदारहेछन् । दक्ष मजदुरहरुको पारिश्रमिक दैनिक १५० युवान हुदो रहेछ । साँझ प्रशासनिक केन्द्रको भोजन कक्षमा खाना खाएर होटल र्फिर्कयौँ । नेपालमा जस्तो प्रत्येक व्यबशाय र पेशा गर्नेहरुले अलगअलग संगठन निर्माण गर्ने प्रचलन देखिएन । बस यात्रामा पथप्रदर्शक र दोभाषेले समयको सदुपयोग गर्दै सेरोफेरोका ऐतिहासिक ,आर्थिक,पर्यटकीय,धार्मिक र दर्शनीय स्थलहरुको बारेमा सूचना मूलक जानकारी प्रस्तुत गर्दा रहेछन् । बसयात्रा गर्दा गफिने या निदाउँने बानी परेका हामी नेपालीहरुले उनीहरुबाट सिक्दा राम्रो हुने जस्तो लाग्यौ । जिनहङ होटेलमा बास बसेर अर्को दिन ८ गते हामीहरु उचुवान काउन्टीको भ्रमणमा निस्कियांै । यहाँका पर्यावरणीय फार्म र ताओफु कृषि तथा पर्यटन स्थल हेर्यांै । जातीय अल्पसंख्य संग्रालयमा हाम्रा पुराना ढिकी ,जाँता र तेल पेल्ने कोल जस्ता पुराना घरेलु साधारण यन्त्रहरु संग्रह गरिएको रहेछ । ढिकी कुटेका फोटाहरु खिचाएर उचान होटेल फर्कियांै ।
९ गते बिहान तोनग्रिन शहरको सिनान काउन्टीमा पुग्यौ । नेपालका निर्वाचन क्षेत्र सरहका तर ठूलोे भूगोलमा फैलिएका प्रशासनिक निकायहरुलाई चिनमा काउन्टी भनिदो रहेछ । केवुलकार चढेर २५ सय मिटर अग्लो चुचुरोमा पुग्यांै । ४ सय मिटर जति काठका भर्याङ जस्ता खुड्किलाहरु चढ्न पर्दो रहेछ । पालकीमा बोकेर माथि लैजान भरियाहरु सेवामा हाजिर थिए । शैक्षिक योग्यता प्राप्त नगरेका वा विशेष तालिम नलिएकाहरुलाई समितिले अदक्ष कामदारकोरुपमा यस्ता काममा लगाउदो रहेछ । तर हामीहरु हिडेरै सिढीहरु चढयौ । अवशिष्ठ पहाड झन् खिइएर अनौठा आकृति बनेका विशाल चट्टानहरु रहेछन् । पैसा कमाउन सिपालु चिनियाँहरुले यस्तो दुर्गम स्थललाई पर्यटकीय स्थलको रुपमा विकसित गराएका रहेछन् ।
् १० गते बिहान तोङग्रिन नगर कमिटीका पदाधिकारीहरसँग बोटानिकल गार्डेन होटलमा ब्रेकफास्ट गरेपछि तोङ आदिवासीहरुको गाँउ झाइसा हुँदै युन्सी गाँउमा पुग्यौ । तोङ ५६ राष्टियताका जातीहरुमध्ये एउटा जाती रहेछ । उनीहरुको जीवन स्तर उन्नत बनाउन र भाषा संस्कृतिको विकास र संरक्षणको निम्ति चिन सरकारले अपनाएका नीतिहरु विदेशी कम्युनिष्टहरुलाई प्रत्यक्ष देखाउँदा रहेछन् । ताङग्रिन शहर फर्केर हामीहरुलाई ग्राण्ड मेटोपार्क होटेलमा राखियो । ेनगरपालिकाका नेताहरुसँग लञ्च खाएर जनसभा कक्षमा उनीह्रुसंग अनौपचारिक छलफलमा सहभागी भयांै । चिनियाा कम्युनिष्ट पार्टीको छैठौ विस्तारित बैठकद्वारा पारित प्रस्ताव तथा तर्जुृमा गरिएका नीतिहरुबारे छलफल भयो । नयाँ नितीमा कंरेड सि जिन पिङलाई गुदि नेतृत्वको रुपमा स्विकार गर्दै पार्टी केन्द्रिय कमिटीको ओरिपरी गोलवन्द हुन आव्हान गरिएको रहेछ । उनीहरुले कम्युनिष्ट पार्र्र्टी स्थापनाको शतवार्षिकी वर्ष सन् २०२१ सम्ममा चौतर्फी रुपले मध्यम स्तरको सम्पन्न समाज निर्माण गर्न आर्थिक सुधार प्रक्रियालाई गहिरो वनाउने,विधिको शासनलाई अघि वढाउने र कम्युनिष्ट पार्टीको व्यवस्थित सुशासन स्थापति गर्ने निर्णय गरेका रहेछन् ।
साँझ ५ः३० वजे नगर कमिटीका नेताहरुस्ाँग औपचारिक पोशाकमा भेटवार्ता र नगरकमिटीद्वारा आयोजित रात्रीभोजमा सहभागी भयांै । भोजमा धेरै किसिमका चिनिया परिकारहरु टकारिएका भए पनि नेपाली स्वादका खानेकुराको अभाव थियो । सी फुडस र कसम खाँदा खाइने परिकारहरु मलाई मन परेन । बुढी औला जत्रा गिलासमा माओताई पनि चियस भयो । चिपस्टिक प्रयोग गरेर खान पनि सिकिसकेको थिएँ । .गंगटा,भ्यगुता,विफ् र पोर्क ग्रहण गर्न मनले मानेन । फलफूल,बोन ,केक ओखर र साग खाएर निर्वाह गरेँ । गीत गाउँने पालो आउँदा जेलमा छँदा सिकेको पुरानो गीत ,गाउँगाउँबाट उठ,बस्तीबस्तीबाट उठ ” गाँएर अङग्रेजी अनुवाद पनि सुनाएँ । ताली पनि खाएँ ।
नभेम्वर २५ तारिखे अर्थात मङसिर १० गते ५ दिनमा आज दोशे्रा पटक घर फोन गरे । पथप्रदर्शकहरुले हामीहरुलाई तोङ जातीको वस्ती अवलोकन भ्रमण गराए । कफी रङ् लगाएका काठले वनेका चिटिक्कका पुतली जस्ता घरहरु थिए । वास्तवमा ती घरहरु होमस्टे रहेछन् । लम्जुङको घले गाउँ भने पनि फरक नपर्ने जस्तो लाग्योै । त्यहाँको ग्राण्ड मेट्रोपार्क होटलमा तोन्ग्रिन काउण्टि प्रमुखसँग खाना खाएर ेअन्तरक्रियामा सहभागी भयौँ । एक घंटा पछि चिनिया कम्यसनिष्ट पार्टीले यो प्रान्तमा धनी र गरिव तथा गाउँ र शहर वीचको अन्तर उन्मुलन गर्न तर्जुृमा गरेका नीति र अभ्यासहरुवारे प्रान्तिय सरकार प्रमुखबाट संक्षिप्त जानकारी प्रस्तुत भयो । हामीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिए पछि पार्टी प्रमुखद्वारा आयोजित भोजमा सामेल भयौ ।
११गते शनिबार बिहान जिउफेङ कृषि फार्ममा आधुनिक कृिषकार्य हेर्यांै । सरकारसँग व्यक्तिले जमिन लिजमा लिएर आधुनिक तरिकाले तरकारी खेती गरेको रहेछ । धेरै किसिमका तरकारीहरु फलाएको थियो । दुई मिटर भन्दा लामा चिचिन्डा र लौकाहरु फलेका थिए । दिउँसो तोन्ग्रिन प्राविधिक महाविद्यालयको भ्रमणमा जादै गर्र्दा पथप्रदर्शक वाङ झेनबाट फिडेल क्यास्टोको निधन भएको दुःखद् समाचार सुन्यौ र गुडदै गरेको बसमा उभिएर उनीप्रति भावपूर्ण श्रद्वान्जली व्यक्त गर्यौे । ४६ वटा विषयको पढाइ हुने यो महाविद्यालयमा नेपाली विद्यार्थीहरु पनि रहेछन् तर उनीहरुसँग भेट हुन सकेन ।
अपरान्ह ४ः३० बजे तोन्ग्रिनको फोनिक्स विमानस्थलबाट वेइजिङतर्फ प्रस्थान गरयौ । एयरपोर्टबाट बाहिरीदा बेइजिङको चिसोले हान्यो । तापक्रम माइनस पाँच रहेकोले काठमाडौमा किनेको ओभरकोट र उनीको टोपी काम आयो । अध्यारोमा लुकेको बेइजिङ शहरको सडक पनि काठमाडौमा जस्तै जाम हुदो रहेछ । माओकालिन चिनको साइकल यात्रा गर्ने चलन हराएछ । विगतको तुलनामा मानिसहरु सम्पन्न पनि भएकोले निजि यातायातका साधन र टयाक्सीहरुको सख्या पनि हवात्तै बढेको रहेछ । तर काठमाडौमा जस्तै बाक्लो गरि बाँइकहरु भने देखिएनन् ।
सिपिसी (कम्युनिष्ट पार्टी अफ चाइना)लेखेको बसद्धारा कम्युनिष्ट पार्टीले सन्चालन गरेको वानसाउ होटेलमा गयौ । त्यो भव्य होटेलमा संसारभरिबाट आएका कम्युनिष्ट पार्टीका पाहुनाहरुलाई राख्ने गरिदो रहेछ । वेटरदेखि बारमेनसम्मका सवै कर्मचारीहरु विभिन्न तहका पार्टी कार्यकताहरु रहेछन । ५०० जतिले प्रत्यक्ष रोजगारी पाएको पथप्रर्दशकले जानकारी गराए । भ्रमणको दोस्रो खण्डको पाँच दिन हामीहरु यही होटलमा बसेर वेइजिङको कार्यक्रममा सरिक हुने भयौ । यी पछिल्ला पाँच दिन अवलोकन भन्दा पनि सैदान्तिक बैचारिक र चिनियाँ कम्युनिष्ट पार्टीका पछिल्ला निर्णय तथा नितिहरुबारे अन्तरक्रिया र छलफलहरुमा बढी केन्द्रित रहने जानकारी पायौ । चिनियाँहरुले पार्टीको १८ औ केन्द्रिय समितिको छैठौ विस्तारित बैठकले गरेका महत्वपूर्ण निर्णयहरु समावेश गरेको पुस्तिका सन्र्दभ सामाग्रीको रुपमा हामीहरुलाई उपलव्ध गराएका थिए । दक्षिण एशियाली वामपन्थी नेताहरुको सैदान्तिक कार्यशालामा स्वागत छ लेखिएको तालिका पुस्तिकाबाट हाम्रो बेजिङ केन्द्रित पाँच दिने कार्यक्रम निर्देशित रहने भयो
क्रमश ः







No comments: