तीज शब्द मराठी भाषाबाट नेपालीमा आएको शब्द हो । यसर्थ यो आगन्तुक (पाहुना) शब्द हो । नेपाली भाषा र जनताले तीजलाई स्वागत गरेका हुन् । राष्ट्रको पहिचान नेपाली संस्कृति निर्माणको क्रममा तीज शब्द नेपाली जनमानसमा घुलमिल भएर बसेको छ । विशेष अर्थ ग्रहण गरेको छ । प्रारम्भमा तीजका गीतहरुमा नारी उत्पीडन र दमन विरोधी भावना नरम शब्दशैलीमा अभिव्यक्त हुने गर्दथे । कालान्तरमा नारी पर्वको रुप धारण गर्न पुगेको तीजका विभिन्न आयामहरु छन् । ती मध्ये नेपाली समाज र प्रवासमा बसोबास गर्ने नेपाली भाषी समुदाय माझ तीजको मनोवैज्ञानिक पारिवारिक तथा सामाजिक पक्ष महत्वपूर्ण रहेको छ ।
नेपाल राष्ट्र निर्माणको क्रममा यहीँको माटोमा उत्पन्न भएका र विदेश तिरबाट पनि पाहुनाको रुपमा प्रवेश गरेका विभिन्न भेषभूषा चाडपर्व र साँस्कृतिक विषेशताहरु वर्तमान नेपालमा राष्ट्रका प्रतिक बनेर स्थापित भएका छन् । त्यस मध्ये तीज पर्वलाई नेपाली सस्कृतिको एउटा विषेशताको रुपमा बुझ््न सकिन्छ ।
मनोवैज्ञानिक पक्ष ः नेपालको सामान्ती समाजमा महिलाहरुले प्रगति गरेको राम्रो मानिदैनथ्यो । पोथी बासेको राम्रो हुँदैन भन्ने धेरै कुराले जनाउ दिन्छ । महिलाहरुलाई हास्न र बोल्न पनि प्रतिवन्ध थियो । रोगको लक्ष्यण काँसो ....को लक्ष्यण हाँसो भन्ने गरिन्थ्यो । महिलाहरु निजि सम्पत्ति सरह मानिन्थे । श्रीमती फकाएर लगिदिने जारको ज्यान पनि लिन सकिने कानूनी व्यवस्था थियो । हुन त धर्मशास्त्रमा जहाँ नारीहरुको मर्यादा हुन्छ , त्यहाँ देवताहरु भ्रमणमा आउँछन् पनि भनिएको छ तर व्यबहारमा चरणकी दासी मानिने गर्दथ्यो । हिन्दु धर्मको आर्दश ग्रन्थ मनुष्मृतिमा त महिलाहरुलाई धेरै अपमान गरिएको छ । तुल्सीदासले भनेका छन्, ‘ढोल ,गवाँर र नारी ताडनके अधिकारी’ गरुढ पुराणमा मासिक श्राव भएकी महिलालाई ्ब्रह्म घातिनी ,चण्डाल्नी र धोबेनी भनिएको छ ।आधुनिक ठेकेदारहरुले कुनै पनि धर्मग्रन्थमा महिलाहरुप्रति विभेद गरिएको छैन भनेर प्रवचन दिने पनि गर्छन् ा उनीहरुले हिन्दुहरुको प्राचिनतम ग्रन्थ ऋगवेद भन्दा यताका धार्मिक पुस्तकहरुमा महिलाहरुलाई अपमानित गरिएको तथ्य लुकाएर अलांकारिक शब्द शैलीमा दुनियाँलाई मूर्ख बनाउने प्रयास गरिरहेका छन्। ।
त्यस्तो अन्धकारपूर्ण युगमा महिलाहरु कुनै सार्वजनिक स्थानमा भेला भएर मनमा गुम्सिएका भावनाहरु गीतको माध्यमबाट व्यक्त गर्ने परम्परा बसेको हो । गीतको विषयबस्तु सासु, श्रीमान् र नन्द आमाजुहरुबाट आफूप्रति हुने गरेका थिचो मिचोको विवरण हुने गर्दथ्यो । मनका भावनाहरु अभिव्यक्त हुदाँ उनीहरुको मनले शान्ति र सन्तोष अनुभव गर्दथ्यो । गीत र नृत्यले महिलाहरुलाई वर्षदिनमा एकपटक भए पनि सन्तृष्टी प्रदान गर्दथ्यो । तीजको बेलामा मात्र महिलाहरुले स्वतन्त्रताको उपभोग गर्दथे । धकफुकाएर मन खोलेर नाच्न र गाउँन पाउँथे ।
पारिवारिक पक्ष ः पित्रृसत्तात्मक समाजले कन्यादान महादान भन्ने भ्रम फैलाएर बाल विवाहलाई प्रश्रय दिएको थियो । सत्तरीवर्षका बुढाले बहत्तर मैना पार गरेकी कन्यासँग विवाह गर्न पाउँथ्यो । विवाह भएको केही वर्षपछि सानै उमेरमा श्रीमान्को घर गएका छोरी चेलीहरु माइत आउन तीज पर्व नै पर्खनुपथ्र्याे । माइत आएर आमाले पकाएको मिठो मसिनो दाजुभाइ दिदीबहिनीहरुसँग मिलेर खान पाउँदा उनीहरुमा खुशीको सिमा रहदैनथ्यो । माइतमा बाबाआमाले एकदुई छाक भएपनि राम्रो खाना खुवाउन पाउँदा सन्तोष अनुभव गर्दथे । अहिले पनि यो परम्परा कायमै छ । यस अर्थमा तीज पर्व महिलाहरुको निम्ति पारिवारिक पुर्नर्मिलनको अवसर पनि हो । जीवनका अनुभव र अनुभूति आदान प्रदान गर्ने अवसर पनि हो । यसर्थ तीज पर्वको पारिवारिक पक्ष आफैमा अनुपम रहेको छ । तीजमा माइत आएका चेलीको मनको खुशीसँग अन्य अवसरको कुनै तुलना हुँदैन ।
सामाजिक पक्ष ः मानिस सामाजिक प्राणी हो । ऊ समाजमा घुलमिल भएर बाँच्न चाहन्छ । समाजभन्दा बाहिर मानिसको अस्तित्व रहन सक्दैन । तीज पर्व सामाजिक भेटघाट र जमघटको अवसर पनि हो । माइत आएका छोरीचेलीहरु आफ्ना हैसियत अनुसारका गहना कपडा लगाएर समाजमा देखिनको लागि सार्वजनिक चौतारी, मठ मन्दिर र पार्टी पौवाहरुमा भेला भएर नाँचगान गर्दछन् । आप्mना बालसखाहरुसँगको पूर्व परिचय नविकरण गर्दछन् । बाल्यकालसगै बिताएकाहरु वर्तमानमा विभिन्न स्थानमा छरिएर बसेकाहरुले आफ्ना अनुभव एकअर्कालाई सुनाउँछन् । छोरीचेलीको विवाहले उनीहरुको आर्थिक सामाजिक हैयितमा पनि फेरवदल ल्याउले भएकोले जीवनको अनुभव र अनुभुति पनि फरक हुने गर्दछ । यसरी सामाजिक अन्र्तक्रिया सम्पन्न हुने भएकोले समाजमा सद्भाव र शान्ति विस्तार गर्न तीज पर्वको अहम भूमिका रहेको छ ।
तर आज भोलि तीज पर्व परम्परागत गोरेटो भन्दा अलि फरक बाटोतर्फ मोडिएको देखिन्छ । विशुद्ध नेपाली परम्परा भावना र मर्म बोकेको तीज पर्व दामी गहना र कपडाहरुको प्रर्दशनीमा परिणत भएजस्तो लाग्दछ । गीतहरु पनि नेपाली सांस्कृतिक मूल्य मान्यताहरुबाट बिमुख हुन थालेको सुनिन्छ । पश्चिमी छाडा संस्कृतिहरुबाट प्रभावित देखिन्छ । भाव र मूल्यहिन गीत संगित सुन्नु समयको बर्बादी मात्र हो । जीउको कसरत मात्र हो । तसर्थ हरेक चाडपर्वलाई यिनीहरुको मौलिकतामा नै मनाउनु कल्याण हुन्छ । युगको प्रभावले हरेक कुरामा सामान्य परिमार्जन त हुन्छ नै आधुनिकीकरणको नाममा तीजको मर्म र परम्परासँग साइनो सम्बन्ध नभएका गीत गाउनुको अर्थ रहदैन । तसर्थ यो वर्षदेखि तीजलाई तीजकै रुपमा मनाउने परम्परा बसालाँै ।नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्दै समय सान्दर्भिक विषयवस्तुको माध्यमबाट मनोरञ्जन र चेतना दिन सक्नु राम्रो हो । तीजको मौलिकता नै बिगारेर तीज आउनुभन्दा १।२ महिना पहिलेदेखि पार्टीप्यालेसहरुमा दर खाने र हिन्दी गीत बजाएर डान्स गर्ने प्रवृतिले दिनभरि अरुको काम गरेर जेनतेन ज्यान पाल्ने श्रमजीवीहरुको मनस्थितिमा हिनताबोध हुने गरेको पाइन्छ । हुनेखाने छिमेकीहरु महङ्गा पोशाक र गहना लगाएर दिनहुँ भोजमा गएको देखासिकी गरी आजकल महिलाहरुले समूह सहकारीबाट रिण लिएर भएपनि,घरमा छोराछोरीलाई पौष्टिक आहाराको ध्यान भन्दा फेसनमा बढी खर्चन थालेको पाइन्छ ।
बाउबाजेले भन्ने गर्दथे घाँटी हेरी हाड निल्नु पर्दछ । व्यवहारिक जीवन त्यति सजिलो हुदैन तर समाजमा आफ्नो हैसियत र आर्थिक क्षमता विचार नगरी लहलहैमा जाँदा अन्त्यमा समस्यामा परेका थुपै्र घटनाहरु सुन्न र देख्न परेको छ । कतिपय व्यक्तिले आफ्ना श्रीमतीलाई अरुका भन्दा राम्रा गहना र कपडा किनिदिनकालागि विदेशिनु परेको छ । संस्था,समूह र सहकारीबाट ल्याएका रिणको ब्याज जोड्दै जाँदा तिर्न नसकिने देखी समस्याबाट भाग्न आपm्नै ज्यान समेत गुमाएको घटना पनि नभएका होइनन् ।्मानिसका आवश्यकता र चाहना असिमित साधनश्रोत सििमत हुनेहुँदा पारिवारिक असन्तुष्टी बढ्दछन् र एकअर्काको मनमुटावले विवाद व्यवस्थापन गर्न नसकी अपृय घटनाहरु घट्ने गर्दछन् । हाम्रो नेपालमा पनि विश्वमा आएको सूचना प्रविधि र संचारको प्रभाव ह्वात्तै बढेर आएकोछ । अन्य विकसित मुलुकको देखासिकी गर्नै क्रम पोशाकमा देखिएकोछ । हाम्रो नेपाली संस्कृतिलाई चटक्कै भुलेर विदेशी जसो गर्छन्, त्यसै गर्न खोज्नु,समाजले पचावस् वा नपचावस् पश्चिमा संस्कृतिको सिको गर्न खोज्नु,कसैले सुझाव दिन खोज्दा उहिलेका कुरा खुइलिए भन्दै आफ्ना अभिभावकहरुका सामु बढी आधुनिक देखिन खोज्ने जस्ता समस्याले गर्दा परिवारमा पनि बेमेल पैदा हुन्छ । अभिभावकले पनि समयले ल्याएको परिवर्तन हो विस्तारै हामीहरुले पचाउनु पर्दछ भन्ने नसाँेच्दा पनि गाउँघर समाजमा केही समस्याहरु देखिएकाछन् ।
जवानहरुले यी बुढाबुढीहरुलाई के थाहा छ र हामी आधुनिक मान्छे नेट,इन्टर्नेट संसारको ज्ञान भएका मान्छे भन्ने अभिभावकमा रहेको उपयोगी ज्ञान, सिप,अनुभव लिन नखोज्ने अभिभावकहरुले पनि हाम्रो यति उमेर भयो अव हामीलाई के चाहियो हिजोको बतिलो हामीलाई सिकाउन खोज्छ भन्ने जस्ता समस्याले आजभोलि पुस्तान्तरको समस्या देखिएकोछ ।
लामो जीन्दगीको यात्रा पार गरेका समाजका अगुवाहरुबाट धेरै महत्वपूर्ण अनुभव र जीवनोपयोगी सिपहरु लिनु आवश्यक हुन्छ । आफ्नो समाजको मौलिकता अध्ययन गर्न सकिन्छ ।त्यसैले अग्रजहरुको सम्मान र अर्ति लिने काम सबैका लागि लाभदायक हुनजान्छ ।
त्यस्तै आजको युवा जमात या बच्चा उमेरले सानो भएपनि राम्रो अध्ययन गरेको देशविदेशका बारेमा अपटुडेट रहन,े अनुशासित छोराछोरी,भाइबहिनीहरुबाट पनि हामी अघिल्लो पुस्ताले सिक्नु पर्ने धेरै उपयोगी कुराहरु हुन सक्छन् । सिक्ने कुरा कहिल्यै सकिंदैन ा संसारमा अहिले दिनानुदिन नयाँनयाँ प्रविधि र सिपको विकासले धेरै देखेभोगका मानिसहरुलाई पनि अनविज्ञ जस्तै बनाउने हुँदा सानोबाट पनि सिक्न सकिन्छ ।
त्यसैले हामी यहाँ तीजको सन्दर्भमा विचार विमर्श गर्दा हरेक नेपाली सस्कृतिहरुको जगेर्ना गर्ने क्रममा समाजमा आउन सक्ने विकृतिहरुलाई न्यूनिकरण गर्नु हामी सचेत नागरिकको कर्तब्य हुन आउँछ । तीजलाई तीजकै रुपमा मनाउनु सान्दर्भिक हुन्छ तर कतिपय नेपालीहरुमा एकदमै विकशित देशका जनताभन्दा पनि भड्किलो जीवनशैली देखिनु र कतिपय नेपालीले साँझबिहान हातमुख जोर्न र आफ्ना सन्तानको आभारभूत आवश्यकता र सामान्य रहर पूरा गर्न नसकेर हिनताबोधले ग्रसित भएर आत्महत्या गर्ने परिस्थिति पैदा हुनु देश र जनताको लागि काम गर्छु भन्नेहरुका लागि नसुहाउने कुरा हो । नेपालमा जनमूखी संविधान घोषणा भइ कार्यान्वयन गर्ने क्रममा रहेको र ऐन नियमहरु निर्माण र परिमार्जनको क्रममा आम नेपालीको जीवनस्तर उकास्ने योजना बनाउनु र समाजका अगुवाहरुबाट पनि हरेक चाडपर्वमा बडी भड्क्याई,बिबाह व्रतबन्धहरुमा हुने फजुल खर्च,दाइजो तिलक जस्ता कुराहरु रोकी आफू बसेको समाज हिंसामूक्त, सभ्य,मर्यादित र समृद्ध बनाउने विषयमा अग्रसर हुँदै चलिआएका संस्कृतिहरुको मौलिकतामा विकृति आउनबाट रोक्न तीजका बसाईहरुमा अभिभावक, नयाँ पुस्ता, सम्पन्न विपन्न सबैका भावना सुन्ने र ग्रहण गर्ने वाातावरण ल्याउँदै मनोरञ्जन र चेतना दुबै दिन प्रयास गर्नु समाजका अगुवाहरुको अहम् भूमिका हुन आउँछ ।







No comments: