माक्र्सवादले हरेक सामाजिक राजनितिक परिघटना र संस्थालाई वर्गिय दृष्टिकोणले हेर्ने, बुझ्ने र व्याख्या गर्ने गर्छ । नेपालको राजनितिक परिदृश्यमा २००७ सालमा भएको राजनितिक परिवर्तन र प्रजातन्त्र दिवशलाई पनि मार्कसीय दृष्टिकोणले हेर्दा अलि भिन्न दृष्टिकोण हुन्छ । क्रान्ति पूर्ण हुन नपाएकोले अपुरो क्रान्ति मान्ने गैरे कम्युनिष्टहरु पनि धेरै छन् । त्यसैले शिर्षक पुरानो प्रजातन्त्र दिवश र क्रान्तिलाई अपुरो मानेर यो लेख अगाडि बढ्ने व्यहोरा अवगत गराउँछ ।सर्वप्रथम शीर्षकमा रहेको पुरानो र भुमिकामा परेको अपुरो शब्दको सन्दर्भ प्रष्ट पार्ने अनुभुति चाहानछु । १८ औ शताब्दिमा सामन्ती राजनीतिक व्यवस्थाको विरुद्ध उदयमान पूजिवादले वेलायत, फ्रान्स र अमेरिकामा सामन्ति राज्यसत्ता विरुद्ध सशस्त्र संर्घष गरेर आफुलाई राज्यसत्तामा स्थापित गराएको थियो । स्वतन्त्रता, समानता र भ्रातृत्वलाई फ्रान्सेली राज्य क्रान्तिमा महान उपलब्धी मानिए । मानव इतिहासमा यी आदर्शहरु पहिलो पटक प्राप्त भएका थिए । चेतनशील दुनिया यीनै आदर्श प्राप्तितर्फ उन्मुख भयो ।
विज्ञान र प्रविधिको विकासले उत्पन्न भएको औद्योगिक सर्वहारा वर्ग उदाउदो क्रान्तिकारी शक्तिको रुपमा उजागर हुन पुग्यो । युरोपमा वाष्पचालित मेसिनको आविस्कार र उपयागले गर्दा परमपरागत कुटिर उद्योगहरु धराशायी भए । गाँउले शिल्पकारहरु बेरोजगार बने । बेरोजगारहरु कामको खोजिमा शहरतर्फ ओईरीएकोले शहरी जनसंख्या एक्कासी बढ्न गयो । कारखाना मालिकहरुले १८ घण्टासम्म काम कजाउन थाले । महिला र बालबालिकाहरुलाई पनि जोखिमपूर्ण काममा लगाए । नयाँ सामाजिक राजनितिक परिस्थीतिको विश्लेषण गरेर कार्लमाक्र्सले सन् १८४८ मा कम्यूनिष्ट घोषणापत्र प्रकाशित गर्नुभयो । श्रमिक वर्गको यो गौरव ग्रन्थमा माक्र्सले आदिम साम्यवादि युगलाई छोडेर आजसम्मको मानव इतिहास वर्ग संघर्षको इतिहास रहेको र हुँदाखाने र हुनेखाने वीचको यो वर्ग संघर्षले समाजमा अग्रगति र क्रान्ति ल्याउने भविष्यवाणी गर्नुभयो । व्यक्तिगत नाफामा आधारित पूँजीवादले सर्वहारा श्रमिक वर्गको भौतिक आवश्यकता(बाँच्ने आधार) परिपूर्ति गर्न नसक्ने ठोकुवा गर्नु भयो । स्वतन्त्रता, समानता र मातृत्व जस्ताा मानव अधिकार पूँजिपति वर्गले मात्र उपभोग गरेको ठहर गर्नुभयो ।
शुरुमा सर्वहारा वर्गले आफ्नो दुर्दशाको सारा दोष मेसिनलाई दिदै मेसिन फुटाउने आन्दोलन पनि ग¥यो । पछि कुरो बुझ्दै जाँदा उसले आफ्नो शत्रु पूजीवादि व्यवस्था हो भन्ने सत्य वोध ग¥यो । श्रमिक आन्दोलनको लक्ष समाजवाद प्राप्ति हुन पुग्यो । समाजवादमा उत्पादनका साधनमाथि सामुहिक स्वामित्व स्थापना हुने भएकोले श्रम शोषण नहुने व्यवस्था स्थापना गर्नुतर्फ आन्दोलन परिलक्षित भए । कार्लमाक्र्स र ऐंगेल्सको पहलमा युरोप अमेरिकामा मजुदुरहरुका संगठनहरु निर्माण भए । सन् १८७२ मा पेरिसका क्रान्तिकारी मजदुरुले विद्रोह गरेर आफ्नो राज्यसत्ता स्थापना गरे जसलाई विश्वको क्रान्तिकारी राजनितिक इतिहासमा पेरिस कम्पुनको नामले प्रसिद्ध छ ।
सन् १९१७ मा लेनिनको नेतृत्वमा रुसमा समाजबादि क्रान्ति सम्पन्न भयो । कार्लमाक्र्स र फ्रेडीक एंगेल्सका क्रान्तिकारी विचारहरु व्यवहारमा लागु भए । पूँजीबादी दुनिया तीनछक प¥यो । समाजमा निजी सम्पत्ति र राज्य सत्ताको उत्पत्ति भएदेखि दविएका निमुखाहरुको हातमा राज्यसत्ता आयो । शोषणका सबै रुपहरु उन्मुलन गरिए । मानव समाज समाजवादतर्फ अग्रसर हुने परिस्थिती उत्पन्न भयो । स्वतन्त्रता, समानता र मातृत्वको परिभाषाले शोषित पीडित वर्ग समुदायका मानिसहरुलाई पनि समेट्ने भयो ।
अव थोरै चिनतर्फको चर्चा गरौँ । औधोगिक हिसावले तत्कालिन चिन रुस भन्दा पिछडिएको अवस्थामा अर्धसामन्ती र अर्ध औपनिवेसिक चिनमा सशक्त र सचेत सर्वहारा वर्गको उदय भईसकेको थिएन । रुसमा जस्तो क्रान्तिको मुख्य शक्ति शहरी सर्वहारा वर्गको अभाव रहेको चिनमा माओत्सेतुङले कम्युनिष्ट पार्टिको नेतृत्वमा किसान मजदुर एकताको आधारमा चिनिया क्रान्ति सम्पन्न हुने निश्कर्ष निकाल्नु भयो । चिनीया क्रान्ति पूजीपति वर्गको नेतृत्वमा रुसमा भएजस्तो समाजवादि प्रकृतिको पनि हुन नसक्ने र सर्वहारा वर्गको नेतृत्वमा रुसमा भएजस्तो समाजवादि प्रकृतिको पनि हुन नसक्ने ठहर गर्नुभयो । उहाँले चिनको विशिष्ट परिस्थितीमा सम्पन्न हुने क्रान्ति नयाँ जनवादि हुने भन्नुभयो । पुरानो वुर्जुवा प्रजातान्त्रिक नभएर नयाँ प्रजातान्त्रिक प्रकृतिको हुने भयो । नयाँ जनवाद घरेलु सामन्तवाद र विदेशी साम्राज्यवादि विरोधी हुने भयो । यहि मान्यता अनुरुप सन् १९४९ मा चिनमा कम्युनिष्ट शासन व्यवस्था स्थापित भएको थियो ।
यहाँनिर प्रजातन्त्र र नयाँ जनवादको बारेमा थोरै थप चर्चा गर्नु सान्दर्भिक हुने छ । सामन्तवादको विरुद्ध पूजिँपति वर्गले क्रान्ति गरेर स्थापना गरेको पुरानो संसदिय राजनितिक प्रणालिलाई प्रजातन्त्र र माओत्सेतुङले देखाएको बाटोवाट प्राप्त हुने प्रजातन्त्रलाई नयाँ जनवाद मानिएको हो । दुवैको अग्रेजी शव्द म्झयअचबअथ नै हो । म्झय को अर्थ जनसाधारण र ऋचबअथ को अर्थ शासन हुन्छ । पुरानो र नयाँ जनवाद विचको अर्को अन्तर अघिल्लोले गतिशिलता गुमाईसकेकोले समाजलाई यथास्थितीमा राख्ने र पछिल्लो अर्थात नयाँ जनवादले समाजलाई विस्तारै समाजवाद र साम्यवादमा पु¥याउने परिकल्पना रहेको छ । त्यसैगरी अघिल्लोको नेतृत्व पूँजीवादी पार्टिले र पछिल्लोको सर्वहारा वर्गको अग्रदस्ता क्रान्तिकारी कम्युनिष्ट पार्टिले गर्दछ ।
नेपालमा विस२००७ सालमा भएको राजनितिक परिवर्तनतर्फ फकौँ । क्रान्ति अपुरो रहेकोले मुक्ति सेनाका क्षेत्रिय कमान्डर द्धय के.आई सिँह र राम प्रसाद राईहमले दिल्ली संझौताको विरोध गरेका थिए । डा.के.आई सिँहको विद्रोह र उनका चिन पलाएनलाई क्रान्तिलाई बिच बाटोमा अलपत्र छोडेर सम्पन्न भएको दिल्ली संझौतासँग गाँसेर हेर्नु पर्छ । भिमदत्त पन्तको विद्रोह र उनको भारतिय सेनाद्धारा हत्या हुनु र २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लाग्न पुग्नु पनि २००७ सालको राजनितिक परिवर्तनलाई हेर्न दृष्टिकोणसँग गाँसिएका सवाल हुन् ।
क्रान्तिको अर्थ पूर्ण परिवर्तन हो । राजनितिक क्रान्ति सम्पन्न भएपछि समाजमा गुणात्मक परिवर्तन आएको हुन्छ । उत्पादन सम्वन्ध वदलिएको हुन्छ । २००७ सालमा त्यस्तो केहि भएको देखिदैन । राणाकालिन पुरानै प्रधानमन्त्री मोहनसम्सेर प्रधानमन्त्री पदमै बहाली रहे । सारभुत परिवर्तन त कुरा छोडौँ । सतही पनि हुन नसकेको देखिन्छ । फरक यति मात्र प¥यो कि नेपाली काँग्रेसका ५ जना नेताहरु सरकारमा सामेल भए । राणाहरुले खोपीका देउता बनाएर राखेका राजतन्त्रले शक्ति शाली बन्ने मौका पायो । उसले एक दशक पछि त्यहि प्रजातन्त्र मासेर आफुलाई बैगुनी सावित गरायो ।
२००७ सालको परिवर्तनको सकारात्मक आयान नै छैन भन्ने अर्थ लगाउन खोजिएको हैन । लखन थापाको विद्रोहि देखि यता नेपाल आमाका सपुत नेपालीहरुले बगाएको खुनपसिनाको थोरै भए पनि उपलब्धि प्राप्त भएको दिन फाल्गुण ७ गते नै हो । १०४ बर्षे राणा शासन ढलेको र लोकतन्त्रको विहानी उदाएको दिनको ऐतिहासिक महत्व विर्सनु हुँदैन ।
यहि दिनको सन्दर्भमा आज फाल्गुण ७ गते विहान सन्धिखर्कको सहिद बगैँचामा ६४ औँ राष्टिय प्रजातन्त्र दिवश मुल समारोह समितीका संयोजक स्थानिय विकास अधिकारी हेमराज भुसालको अध्यक्षतामा एउटा कार्यक्रम आयोजना भयो । बगैँचा सरसफाई, प्रभातफेरी, प्रवचन र अस्पतालका विरामीहरुलाई फलफुल वितरण सम्पन्न भयो । राजनितिक दल समेतका विभिन्न वक्ताहरुले समय मै संविधान लेखिनु पर्ने र सरकार गठनमा देखिएको अलमल शीघ्र सकिनु पर्ने विचार व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले मन्तव्यको क्रममा प्रजातन्त्र सम्वन्धि अव्राहम लिंकनको निम्न परिभाषामा रहेका ँयच र दथ को अर्थ क्रमश ँयच (टाढा) र दगथ(किन्नु) मा बदलिएको बताउनुभयो । अमेरीकामा दास मुक्तिको पक्षमा रहेका पूर्व राष्टपति अव्राहम लिँकनले १५० वर्ष पहिले भनेका थिए ूम्झयअचबअथ ष्क तजभ नयखभचलmभलत या तजभ उभयउभि ायच तजभ उभउभि दथ तजभ उभयउभि ूयो परिभाषा आज पनि सान्दर्भिक रहेको छ तर वर्तमान नेपालमा लोकतन्त्र भनिने म्झयअचबअथ जनताका निम्ति टाढिँदै गएको र नव धनाढ्यहरुले खरिद गर्न सक्ने वस्तुमा रुपान्तरीत हुँदै गएको यथार्थता खासगरी निर्वाचनको क्रममा देखिने गरेको छ । संभवत विचार राख्दै गर्दा प्रमुख जिल्ला अधिकारी ज्यूको दिमागमा यहि यथार्थताको प्रतिछाँया झल्केको थियो होला । यो पुरानो परिभाषाले मलाई पनि पुरानो प्रजातन्त्रको विषयमा केहि लेख्ने प्रेरणा दिएको हो ।
वि.स. २००७ सालमा जन्मेर बेलाबखत सामन्ती राजतन्त्रको बुटमुनी परेर घाईते हुँदै आजको संघिय लोकतान्त्रिक गणतन्त्रसम्म आईपुगेको प्रजातन्त्र अरु सवल र संस्थागत हुन सकोस भन्ने शुभेच्छा सहित !
लेखक नेकपा (एमाले) केन्द्रिय पार्टी स्कूल विभाग सदस्य







No comments: