sponsor

sponsor

Slider

Recent Tube

Business

Technology

Life & style

Games

Sports

Fashion

» »Unlabelled » जीवन संघर्ष :- विजुला रायमाझी



आमाको पेटमा  पस्नलाई संघर्ष गरेँ म
आमाको गर्भमा बाँच्नलाई संघर्ष गरेँ म
एउटा मानवको जुनी पाउनलाई संघर्ष गरेँ म
फेरि यो घर्तीमा आउनलाई संघर्ष गरे म

आमाको कोखबाट झर्दै संघर्षमा परेँ म
यो प्रकृतिको अनुकुलनको लागि हाच्छिँउ गरेँ  म ।
तर धन्य हौ प्रकृति तिमि,जेनतेन बाँच्न त सकेँ म
आमाको प्यारो काख भरिलो बनाउन त सकँे म ।


आमाको भोक ,निद्रा,श्रम शोषण गरेर बाँचँे म
आमा तिमीलाई सताइसताइ भए पनि पहिले त हाँसँे म
त्यो प्यारो आँगनीमा बाबुको इसाराले छमछमी नाचेँ म ।
तर के गरु म ! प्रकृतिको खेलसँगै न्यानो काख छोडेँ म

संघर्ष गर्दागर्दै काख र साथ छोड्न बाद्य भएछु।
त्यो स्वर्गसरी आँगनीमा रमाउँदा रमाउँदै पराइको भएछु
इच्छा नभए पनि बेहोसैमा सात नदी त पार भएछु ।
नौ महिने कोखको भारा दश धारा दूधको भारा तिर्न भुलँेछु

बल्ल म होशमा आएकी जीवन त संघर्ष पो रहेछ ।
आमा बिनाको जीवन त निरस पो  हँुदोरहेछ
पराइ घर आप्mनो बनाउन त सकस पो रहेछ ।
मानव जीवन छोटै भए पनि जिउन त सकस पो रहेछ ।

यो जीन्दगी जिउने क्रममा हरेक पल र स्थानमा संघर्ष
जिउनका निम्ति माम पाउन दाम ,दाम पाउन संघर्ष।
दाम त कमाउँला जेनकेन नाम पाउनलाई संघर्ष
आफै मपाँई भनेर भएपनि नाम त म पाउँला बचाउन संघर्ष।



तर समाजमा अरुको मन जितेर मान पाउन संघर्ष
आप्mनो लागि त सबै गर्छन् अरुकोलागि गर्न संघर्ष।
सबैतिर संघर्षै संघर्ष स्वस्थ्य जीवन जिउनलाई संघर्ष
अरुसँग मात्र नभएर आफैसँग लडेर शान पाउन संघर्ष ।
                     त्यसैले त भनिन्छ मानव जीवन संघर्षै संघर्ष ............।। 

«
Next
Newer Post
»
Previous
This is the last post.

No comments:

Leave a Reply